अभिभावक र सन्तानहरु बीचमा सम्बन्ध संधै एउटै नहुने रहेछ। बच्चा बेलामा मर्ला भनेर कयौं दिन रात नसुती नसुती बिताउने बुबा आमाहरुको मायाँ छोरा छोरीले बुझेनन भन्छ्न बा आमा! अनि मैले भने हाम्रो कुरै बुझ्न कोशिश नै गर्न हुन्न बा आमाहरु भनेको त पासा! घरमा घमासान युध्द नै होला जस्तो माहोल बन्यो। म त टाप!
एउटा काम गर्ने रहरथ्यो! त्यो रहर मात्रै होइन मेरो ब्यापार पनि हो, मलाई बानेश्वरको जग्गामा घर बनाउन दिनुस न बा भनेको त! बा त! पूरा बम! तैंले कमाको होस र? हामी पछि तंलाई त हो नि। हामी जिम्दैछौँ। अनि तंलाई के कम गर्देछम र हाम्रो जग्गामा आँखा लाउने? हाँ! पाजी!
अब बोल्न भो पासा!
पासा: गर्न चैं के गर्न लाको नि पासा? टेरो कुरो नै नबुझेको हो कि टेरो बा माले! तैंले बुजाउन पो नसकेको होकि, भनम भने टिमी बर्मुले सब कुरो जानेको हुन्छ? छु धाए छु धाए का!
अनि टेरो मालाई फकाएन? तेस्का बाजे! टेरो माले त टेरो बालाई ठिक गर्छ भनेक हैन? बाले कुरो नसुने पछि मालाई कचकच गर्दे त भैहाल्छ नि, पासा पनि क्या रेछ! लौ भन्! खास्मा चैं तैंले, के गर्न ला को? टेरो बाउलाई मैले भन्दिने भएं ल।
भन्दिने हो त पासा? तैंले भनेर मेरो बा मान्ला र? खोइ! तै पनि ट्राई मारम न! मैले चै एउटा राम्रो रेष्टुराँ खोल्ने बिचार गरेको, जमीन छ, जग्गा भरी बोट बिरुवा छ। तो बोट बिरुवा नमारीकन एउटा राम्रो खानपिन गर्न मिल्ने र कर्पोरेट मिटिङ गर्न मिल्ने ठाम बनाएर बेपार गर्ने सोच बनाको छु। तर बा माले मेरो कुरो नै बुझ्दैनन।
रेष्टुराँको कुरो गर्ने बित्तिकै रक्सी बेच्न हुन्न, मासु बेच्न हुन्न, होहल्ला हुन्छ, झगडा हुन्छ, डनहरुले दु:ख दिन्छ, पुलिसले दु:ख दिन्छ, बिग्रेका केटाकेटीहरु आउँछन, गांजा चरेस खान्छन, अनि हाम्रो बिज्जेत हुन्छ। त्यस्तो काम गर्न पनि दिन्न, जग्गा पनि दिन्न, जा जे गर्छस गर भनेर घरबाटै घोक्रेथ्याक लाइदियो नि पासा!
का बेमान! टिम्रो बौ त खत्रा पो रेछ? का! टिम्रो बौ नै, डन जस्तो रेछ। म ट जान्न भो! बरु टिमी २-४ दिन मेरो घरमा बस्न आउ। टेरो बौ ले तंलाई नै घोक्रेथ्याक लाउंछ भने मलाई त लात का लात देला। ओहो! कुरो सोच्दा नै डर लाएर ल्याउंछ। भैगो पासा! अब टेरो बाउ हुन्जेल टेरो सपनालाई टंइले पनि प्याक गरेर राख।
यो कुरो कसै संग मिल्न गएमा माफी माग्दिन है, संयोग भए त झन ठिकै भो भन्छु म! आफ्नो सपना पूरा भएन भनेर आफ्नै सन्तानको सपना पनि देख्न नसक्ने अभिभावकहरुले एक पटक फेरि सोच्दिनुस है! कतै तपाईंको सन्तानले तपाईंको साथ नपाएर मानसिक तनाबमा त छैन?
अन्तमा मेरा धेरै बिद्यार्थीहरुको पर्यटनमा समर्पितहुने सपनालाई अभिभावकहरुले नबुझेको देख्दा यो लेख सिर्जना हुन गएको छ। जस्ले जे भने पनि मेरा बिद्यार्थीहरु लगनशील भएर पर्यटनबाटै स्वरोजगार बन्नुका साथै आफ्ना ठाउँमा रोजगारी पनि दिनेछ्न। यो सपनामा अभिभावकहरुले साथ दिनु भए सुनमा सुगन्ध हुनेछ भन्ने बिश्वास लिएको छु। अस्तु!