13 March 2021
03 March 2021
12 February 2021
27 January 2021
जिन्दाबाद! मुर्दाबाद!
बल्ल बल्ल मिलाइएछ। आर कि पार होला जस्तो लाग्याथ्यो। बाटो बाटोमा घुमेर हैरान बनाएका थिए। आज चारैवटालाई एउटै कोठामा थुनेर बाझाबाझ गराएर पकडा पकडी खेलाउन पर्ला भनेको त कुकुर न हो मासु देखे पछि पुच्छर हल्लाउँदै चुप लाग्यो।
मिल्यो, मिल्यो। बल्ल बल्ल मिल्यो। कहिले काहीँ त एकले आर्कालाई मार्ला झैं गर्थे। अब सबैलाई भाग लगाएर हड्डी बांडे पछि लुछाचुडी गर्न छाड्यो।
जे होस, हाम्रो टोलका कुकुरहरुको त कुरो मिलि सकेछ। अब देशको पनि मिले आनन्दले सुत्न पाइन्थ्यो।
ए बुढा! के भो? के मिल्यो? को मिल्यो? आजकाल यो बुढा दिउसै सपनामा पनि बडबडाएर हैरान गर्छ! कैले संसद विघटन भएकोमा बिरोध जुलुसां जानु पर्छ भन्छ, कैले आज सरकारी जुलुसां जानुछ, भन्छ, किन जान्छ, के गर्न जान्छ, मैले त अत्तोपत्तो पाउनै छाडी सकें। जैले पनि ने क पा भनेछ हिंडेछ।
तर एउटा कुरा चैं आनन्द भा छ। जे होस, यो जुलुस सुलुसमा बुढाले टन्न मासु भात खाएर, अलि अलि पैसा नि ल्याउंदा चैं खुशी लाग्छ। यस्तो त बर्ष दिनभर नै भै रह्यो भने मैले पनि कम्सेकम हप्तांँ एक दुई पटक मासु भात खान भएनि जुलुसाँ जाने घोषणा गर्देको छु।
जय जुलुस! जय राजनीति! जय मासुभात!
जिन्दावाद जिन्दावाद! मासुभात जिन्दाबात!
मुर्दाबाद मुर्दावाद! खोइ कुन्नी के मुर्दाबाद!
अस्तु!
25 January 2021
15 January 2021
13 January 2021
तिम्रो मुलायम स्पर्श
तिमी पनि अचम्मकि नै छौ के! जब म थाकेर चूर भएको हुन्छु, म तिम्रो शरणमा आएको हुन्छु। थाकेका मेरा कपाललाई तिमीले स्पर्श गर्दा मलाई अदभूत आनन्द आउँछ। अझै टाउको दुखेर शिर उठाउन नसकेको बेला तिम्रो सहायता नहुने हो त खै के भनौं म त बांच्दिन होला जस्तो हुन्छ।
आजकाल तिम्रो सहयोगले मेरो ढाड दुख्ने समस्यामा पनि कमी भएको छ। तिम्रो चन्चले बानीले गर्दा कहिले शिरमा, कहिले कम्मरमा, कहिले गोडामा तिमी बसि दिंदा पनि मलाई आनन्द आउँछ।
कहिले काहीं तिमीलाई अरुले काखमा राख्दा मलाई समेत काउकुटी लाग्छ। अझ तिमीलाई काखैमा राखेर सेल्फी खिच्ने बेलामा ओंठ चुच्चो पारेर सुंगुरको मुख जस्तो बनाउने नानीहरु देख्दा त झनै गज्जब लाग्छ। तिमीलाई त मज्जा नै आउँछ होला हैन? त्यै भएर त तिनीहरूको हर्कतलाई सहजै स्वीकार गरेर मजा लुटिरहेका हुन्छौ।
तिमीले बोल्न सकेको भए सायद यसो नगर, उसो नगर भन्थ्यौ होला! बेजवान तिम्रो बनावट भए पनि तिमी हाम्रो जीवनको अभिन्न अंग बनेका छौ।
अहिले सम्म पाठकहरुले कोहो त्यो जस्ले यस्तो रोमान्चित गर्न सक्छ, हाम्लाई पनि भन्नुस न भन्दै खुल्दुली मनमा लिनु भएछ, हाहा!
त्यो तपाईं हाम्रो घर घरमा, कोठा कोठामा बस्ने तकिया हो। मेरो प्यारो तकिया। हो कि होइन? तपाईंको प्रतिक्रियाको आशामा छु। अस्तु।😉
11 January 2021
Subscribe to:
Posts (Atom)