Grab the widget  Get Widgets

Friday 31 May 2013

पर्यटन तालिम (Tourism Training)

हाम्रो देशको पर्यटन उध्योग निजी क्षेत्रबाट सञ्चालित छ भन्दा अतिशयोक्ति नहोला | पर्यटन ब्यबसायीलाई चाहिने मानवीय संशाधनको उत्पादन पनि निजी क्षेत्रबाट सञ्चालित तालिम केन्द्र, शिक्षण संस्था, गैर सरकारी संस्था र नेपालको पहिलो होटल ब्यबस्थापन तथा पर्यटन तालिम केन्द्र, प्राबिधिक शिक्षालयबाट पुर्ति हुँदै आएको छ | यसमा अझ बिदेशी अध्ययन संस्थानहरुको पनि महत्वपूर्ण सहयोग छ |

हामीले सुन्दै आएको र भोग्दै आएको कुरा भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकहरु ओर्लने बित्तिकै निजी क्षेत्रबाट संस्थागत रुपमा सञ्चालित पर्यटक बाहन तथा यातायातमा पनि खास गरी ट्याक्सी, भ्यानका चालक दाजुभाईहरुले सदभावपूर्ण व्यवहार गर्दैनन् भन्ने आरोप लगाउने गरिन्छ | पर्यटकका झोला तथा सर सामानहरु तानातान गर्ने गरिन्छ | कतिपय पर्यटकहरु त  दंग पर्छन भने कहिले काहीं यस्तो चालाले नेपाल कै इज्जत माटोमा मिल्ने गर्छ |

तर कहिल्यै कसैले पर्यटनका धुरन्धर भनाउदाहरुले यो महत्वपुर्ण ठाउँको चालक तथा भरियाहरुलाई पनि पर्यटनको महत्वपूर्ण जानकारीको बारेमा शिक्षा दिक्षा, तालिम दिने अन्तरक्रिया गर्ने काम गरेका छन् ? आक्कल झुक्कल समाचार त सुन्न पाइन्छ |

बिचरा उनीहरुलाई गाली गलौज गरेर के गर्ने ? पर्यटनका बुझक्कडहरुनै पर्यटन शिक्षाको महत्वबारेमा बुझ पचाएर बस्छन भने अरुको कुरा के गर्ने ? ठुल ठुला तारे होटलमा सल्लाह गरेर के फाइदा ?

पर्यटनका मुख्य ढोका विमानस्थल, सीमाक्षेत्रका अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुलाई, पर्यटकस्थल ठमेल, पोखरा जस्ता ठाउँका यातायात चालक, रिक्सा चालक, कुल्ली, भरियाहरुलाई पनि गाईडलाई जत्तिकै तालिम उपलब्ध गराउनु पर्छ | पर्यटन स्थलको बारेमा सामान्य ज्ञान त दिनुनै पर्छ | हाम्रो आतिथ्यता बारे जानकारी दिनुनै पर्छ | कमसे कम हाम्रो संस्कार त प्रत्यक्ष  अनुभव गरुन भन्नलाई पनि छोटो समयको भए पनि तालिम दिनु पर्छ |

यस तर्फ नेपाल पर्यटन बोर्ड लगाएत,  बिस भन्दा धेरै पर्यटन संग संबन्धित संघ संस्थाहरू साँच्चिकै अगाडी बढ्ने होकी ? नत्र पद मात्रै ओगटेर के उपलब्धि? अस्तु |

No comments:

Post a Comment