आर्को बिहान मैले तलब आयो भनेर पैसा गन्दै थिएं । बुढी औंलामा थुक राख्दै यति धेरै समय पछि बल्ल पढाएको पैसा पाएं भनेर दङ परेर नोट गनिरा त !
आयो ! आयो ! खुब आयो ? लकडाउन अघि पढाएको त पैसा ल्याउन नसक्ने मार्सापले अनलाइन पढाएको पैसा पाएं भएर गन्दै रेछ। कैले पो पैसो गन्ने हो ? अनि अनलाइन भनेर घण्टौं घण्टा घरको ढोका थुनेर पढाएर नि हुन्छ ? कस्ले बुझ्छ ? मैले त बुझ्दिन ! तिम्रा ति बिद्यार्थीहरु सुतेर बसेका छन कि उठेर डुलेका छन, तिम्ले देख्छौ र? कुरा गर्छ ! के के न गरें भन्दा हुन यी बुढा! तिम्रो यो अनलाइन पढाइ त एक छेउ नि पट्याउन सक्दिन । क्लासमा पढाए जस्तो हुन्छ र? हामी स्कूलां पढदा संगैको केटोलाई हैरान खेलाउदै पढ्दा जस्तो, त्यो कोठाको ढोका थुनेर पढाउदा रमाइलो हुन्छ ? कुरो गर्छ ! तिम्रो कलेजको हाकिमले त पट्याउंछ कि पट्याउंदैन ?
हैन ! तिमि संधै ढोका लाएर अनलाइन क्लास छ भनेर बस्छौ । पढाएको छौ कि त्यो सामाजिक संजाल चलाएर के के समाचार हेरेर बस्छौ हं ? मलाइ त शंका लाग्छ है बुढा !
त्यो तिम्रा बिद्यार्थीहरुका बाउ आमाहरुलाई पनि शंका नै लाग्दा हुन । अनि किन फिस तिर्ने ? छोरा छोरी घरमा ढोका लाएर के के गर्छन के के ? के गर्छ ? भनेर सोध्यो भने जहिले नि अनलाइन क्लास छ भन्छ्न। यस्सो पसलमा जा ! तरकारी किनेर ल्या भन्दा पनि क्लास नै छ भन्छ । अनि यो अनलाइन क्लास भन्ने जतिखेर नि क्लास भै रहने हो ? मैले हेर्दा त दिनैभरी कोठामा धुम्धुती बसेका मात्रै देख्छु। अनि केहि भन्न पनि नहुने । झर्केर बोलेका छन, जवाफ फर्काएका छन । मान्छे पनि हो कि होइन ? खोइ के हो ? के हो ? छ्या के चलन आएछ। यो अनलाइन भन्ने बस्तु ? अस्तु।