हामी ठमेलको बजेट होटेलको कोठा कति सम्म पाइन्छ भनेर खोज्दै थियौं । घुम्दै जांदा एउटा होटेलमा पुगियो। होटेल भित्र पस्दा पस्दै रिसेप्सन तिर पुगियो। सोफा कम बेड भएको रिसेप्सन कोठामा पुरानो कफि टेबुलमा पुरानै पत्रिका, एउटा फुलदानीमा प्लास्टिकका फुल, खुइलेको भित्तामा केही देवी देवताको फोटोहरु झुन्डिएको देखियो।
उप्केको प्लाइउड भएको रिसेप्सनको टेबुलमा एउटा क्यालेन्डर, रजिस्टर, कापी संगैको आर्को टेबुलमा।
रिसेप्सनिस्ट्को प्रतिक्षामा हामी बस्दै गर्दा एक जना सानो फुच्चे केटो कान कोट्याउदै, आँखा मिच्दै आईपुग्यो। हाफ कट्टु लगाएका त्यो भाईले हामीलाई पहिलो प्रश्न गर्यो "कोठा एकछिनको लागि हो कि एक दिनको लागि ?"
म आश्चर्य चकित हुँदै आफ्नो भिजिटिङ कार्ड दिदै "भाई ठुलो मान्छे को हुनुहुन्छ बोलाई दिनुस त " भने ।
एक छिनमा ठुलो मान्छे पनि आइपुग्यो । मेरो भिजिटिङ कार्ड हेरे पनि त्यही प्रश्न दोहर्यायो । "कोठा एक छिन को लागि कि कति दिन को लागि ?"
हामी चकित भयौं । हामीले ठुलो गल्ती गरेछम क्यारे । कतै हाम्रो अनुहारमा त्यस्तो बदमाशी त झल्किएको पो छ कि ? पहिले त हामीले बुझेनम किन त्यस्तो प्रश्न सोधेछन भनेर । केहि छिन पछि एक जोडी केटा केटी नाकमा मास्क लगाएर आए । हामीले कोठा नलिने भन्ने थाहा पाएर होला " तपाईंहरू एकै छिन बस्नुस है । म उहाँहरु संग कुरा सिध्याउछु " भन्यो ।
त्यो टोलिलाई पनि सिधै प्रश्न गर्यो " एक छिन कि एक दिन ?"
केटो : "एक छिन ।"
रिसेप्सनिस्ट:" एक छिन को लागि हो भने आठ सय एक दिन हो भने पन्ध्र सय है सर।"
केटो : "अलि दिस्काउन्ट गरिदिनुस न ।"
रिसेप्सनिस्ट: "एक छिन को लागि यत्तिनै हो ।"
केटो : "ल ल ठिकै छ । कुन कोठा हो देखाइ दिनुस ।"
हामिले बल्ल कुरो बुझ्यौ । के के न ठूलो काम गर्ने भनेर गएको त्यहा को परिस्थिति देखेर छक्क पर्यौ ।
यथार्थमा त्यो दृश्य मेरो मानस पतलमा झल्झल्ती आएको देख्दा नेपालमा पनि रेड लाईट एरिया छुट्याउनु बेस होलाकी जस्तो लाग्यो । सामाजिक अवस्था ले नपचाए पनि वास्तविकता आफ्नै आँखा अगाडि देखियो । समाज कता लाग्दै छ ? स्कुल, कलेजमा पढ्न गएका हाम्रा सन्तान कतै कुबाटोमा त लागेका छैनन ? एक पटक सोच्न पर्ला कि ? अस्तु ।