Grab the widget  Get Widgets

Saturday 1 February 2014

फेसबुक एडिक्ट

अन्नपूर्ण होटलको कुमारी हलमा पाटा नेपाल च्याप्टरको ३८ औँ साधारण सभाको कार्यक्रम पश्चात पर्यटन क्षेत्रका धुरन्धरहरु संग बार्तालाप गर्ने मौका मिलेको थियो | कुराकानी को सन्दर्भ रोचक लागेको केहि अंश हुबहु उतार्ने कोशिस गरेको छु | डिनरको सेट हात हातमा लिंदै तीन जना पर्यटन ब्यबसायीहरु एउटा गोलो टेबुलमा बस्दै थियो |

साथी १: आजकालका बच्चाहरु सारै नै भाग्यमानी यार | (काँटाले काउली तरकारी घोच्दै) जन्मिने बित्तिकै आइप्याद, आइपद, आइफोन, स्मार्टफोन, टचफोन, रिमोट, ल्यापटप, कम्प्युटर, इन्टरनेट, वाइफाई, गेम, मोबाइल आदि इत्यादिको संगत |

साथी २: त्यहि त हगी ! (पापड तोक्दै) हाम्रो जमानामा जाबो टेलिभिजन हेर्न पनि शनिबारको दिनमा छिमेकीको घरमा पुग्नु पर्थ्यो, भन्दा छोरा छोरीले, बाबाले गफ दियो भन्छन् | यस्तो त पुरानो जमानामा हुन्थ्यो होला भन्छन् |

साथी ३: (मुखको खाना निल्दै) जहाँ सम्म मलाई याद छ म पनि मेरो साथीको घरमा गएर रामायण, चित्र लहर, बुनियाद धाराबाहिक हेर्न जाने गर्थे | भिडियो हेर्न त असन सम्म पुग्ने गर्थें बाँसबारी बाट | यस्ता कुराहरु अब सबै नै इतिहासको जमानाको कुरा मा दर्ज भैसकेको छ |

साथी १: अझ म सानो हुँदा को कुरा गर्ने हो भने एक मोहरमा एउटा अण्डा किन्न जान्थ्यौं यार | आजको कार्यक्रममा प्रोफेसर साहेबले भनेको कुरा सारै घत लाग्यो यार मलाई | “पहिलेका बच्चाहरुलाई तिमीलाई नभई नहुने चीज के हो भन्दा जवाफमा “खाना” भन्थ्यो रे अहिलेको जमानामा भने “मोबाइल, इन्टरनेट, वाइफाई” भन्छन्” भनेर अघि कार्यक्रममा हंगकंगका प्रोफेसर काए चोन ले भन्नु भयो | बडा मिठो लाग्यो बास्तवमै समाजमा परिबर्तन भैसकेको छ रहेछ |

साथी ३: हुन पनि हाम्रै घरमा पनि एकदिन ए.डी.यस.यलको लाइनको पैसा तिर्न ढिला भयो भने कस्तो बाउ रहेछ एक हजार पनि गोजीमा नराख्ने भनेर ब्यङ्ग मार्ने गर्छ |

साथी १: त्यस्तै मौका पर्यो भने त कस्तो खाते नै रहेछ मेरो बाउ भन्न पनि बाँकी राख्दैनन् होला यार साथीहरुको माझमा | (पुलाउ खाँदै)

साथी २: मोराहरुले आफै कमाए पछि थाहा पाउलान नि पैसाको महत्व हगी? प्रोफेसर साहेबले आर्को कुरा पनि भन्नु भाथ्यो नि |

साथी १: अँ ... हो  त | के रे ? (एक टुक्रा मासु मुखमा राख्दै)

साथी ३: अँ.. त्यहि त हो नि फेसबुक !

साथी १: अँ...फेसबुक त सांच्चै भन्ने हो भने म पनि एडिक्ट नै भैसंकें यार | बिहान उठे देखि रातिको सुत्ने बेला सम्म झुन्देको झुन्दै | अफिसमा फेसबुक, बाटोमा फेसबुक | कहिले काहीं त ओहो ! (रुमाल ले मुख पुछ्दै) स्वास्नीले पनि कुन दिन डिभोर्स गर्छ कि जस्तो लाग्छ |
........
समय अनुसार चल्नु पर्छ भनेर एडिक्ट नै हुनु भने राम्रो होइन | समय मै सोंच्नुस ढिला नगर्नुस | अस्तु |







No comments:

Post a Comment