माहारानी बनाम्न के पो सारो हो र हैन बुरी?
मेरो के नै काम छ र? बिहान एक ठाममा डिप्टीमा जाने, आफिसमा गएर च्या स्या पकाउने, हाकिम साकिमलाई च्या पस्केर दिने, भांडा सांडा धुने, यत्ति त हो काम!
अरु के नै छ र! हाकिमहरु कैले काहीं रिसाए भने गाली साली गर्छन, त्यस्तो गाली खाने, त्यत्ति त हो! अरु के काम हुन्छ र? चांड्चांडो डिप्टीको काम सकाएर घरमा आउने त हो।
तिमीलाई घरको काम लगायो भने त वरपरका छरछिमेकीले बुरीलाई नोकर्नी बनाएछ भन्ला, हैन बुरी? बरु मैले नै खाना साना बनाम्ला संगै खाम्ला। अनि पो तिमी माहारानी अनि म माहाराज जस्तो लाग्छ हैन र?
तिमी पनि माहारानी जस्तो बन्नु, दिनभरी टेलिभिजनमा भारतीय धाराबाहिक हेर्नु, समाजमा भएका घरघरका कहानीहरुको बारेमा मनन गर्नु, छर छिमेकीको कुरासुरा काट्नु, आफुमात्रै जान्ने, अरु सबै नजान्ने जस्तो बेबार गर्नु, नत्र माहारानी जस्तो देखिन्न क्या!
तिम्लाई दिम्सो फुर्सद भएर फेरि बारीमा गएर काम गर्ला, नगर्नु नि! बारीमा काम गर्यो भने फेरि छिमेकीहरुले मलाई नै गाली गर्छ। हेर त बुरीलाई बारीमा काम गर्न लगाएर नोकर्नी बनाएछ भन्ला, अनि नोकर्नीको बुरा आफु पनि त नोकर नै होला नि भन्ला।
दिम्सो मो आर्को अफिसको डिप्टीमा जाने त हो! मेरो खासै के काम हुन्छ र? दिनभरी च्या स्या बनाउने, हाकिमहरुलाई ख्वाउने, तलमाथि गर्ने, फाइल बोक्ने त हो। तर पियनहरुको त हाकिम नै हो नि। कम्ताको हो म?
मेरो बुरी! मेरो माहारानी! तिमीलाई समाजको समाचार सुन्न सारै मन पर्छ। मज्जाले सम्चार सुनेर, हेरेर बस। टेलिभिजन हेर्दा हेर्दै थाक्यौ भने आराम गर, फेरि तिमिले च्या स्या बनाएर बस्ला, तातो पानीले पोल्ला, च्या करा भएर तितो भयो भने तिम्रो केही गल्ती हुन्न है, च्या नै खराब हुन सक्छ, अथवा पानी खराब हुन सक्छ, वा आगो बढी बलेको हुन सक्छ, तिम्रो केही गल्ति हुन्न। सबै दोष अरुको मात्रै नै हुन्छ है!
म दिम्सो डीप्टीबाट फर्के पछि मैले नै खाजा बनाउँछु, तिमीलाई फुर्सद नहुन सक्छ, धाराबाहिक छुट्ला, नछुटाउने है! तिमी त मेरो माहारानी पो त! म माहाराज!