एकादेशमा नेप्टे, चेप्टे र चुच्चेहरु मिलेर समुहमा बसेका रहेछन्। समुहमा बस्दा वर्दा एकदिन सबैले हाम्रो पनि राजा बनाम न भनेछन।
नेप्टे, चेप्टेहरुले समुहमा अलि चलाख चुच्चेलाई तं राजा बन हाम्रा पनि मनुवा, भतुवाहरुलाई मुन्तरी बना है भनेछन। चुच्चेले अलिक नाटक गरेर तंहरु नै बन। ह्या ! मलाई तिमिहरुको पुजारी मात्रै बनाए नि हुन्छ। मर्दा पर्दा, काजकिरिया गरिदिम्ला भनेछन। त्यो नेप्टे, चेप्टेहरुले चुच्चेको राजनीति बुझेनछ।
अलि बल गरेरै तं चै राजा बन्न लायकै रेछ्स। तैं बन हाम्ले भनेको कुरो माने पुगि हाल्छ नि भनेछन। चुच्चेले सर्त अघि सारेछ। बन्न त बन्छु, मैले भनेको पनि तंहरुले मान्नु पर्छ भनेछन र राजा भएछ।
अब राजाले मन्त्री मण्डल बनाउने तरखर गरेछ। नेप्टे, चेप्टेहरु आ आफ्नो नातागोता, आउरे, बाउरे, भतुवाहरुलाई मन्त्री बनाउन भनेर शिफारिस गर्न गएछन।
राजा भएका चुच्चेले सबैलाई सोधेछन, किन आइस? अरुबेला, किन आउनु भा हो भनेर सोध्ने चुच्चेले अचानक भाषा फेरेको देखेर नेप्टेको मनमा चिसो पसेछ।
यो कुकुरलाई घ्यू पच्दैन भन्थे त्यस्तै हुने भो कि क्या हो? यस्ले त अहिले नै यस्तो व्यबहार गर्छ बा! तै पनि मुख खोलेछन। हेर! तंलाई हाम्ले राजा बनाई हालेम अब यो काले, चाउरे, दाउरेलाई नि मुन्तरी बना।
राजा: हेर चेप्टे, नेप्टे, तंहरुले भनेरै म राजा बनें तंहरुको कुरो मैले सुनें। अब म राजा भैसके पछि, मेरो मन फर्केको छ। अब म यो गाउँ बनाउछु। त्यस्को लागि मलाई मेरै जातको मान्छे चाहिन्छ, बुझिस।
नेप्टे: अरुकुरो था छैन! मेरो दाउरेलाई चैं मुन्तरी बनाउनै पर्छ। तंलाई राजा बनाउन मैले कत्रो मिहेनत गरेकोछु तंलाई था छंदैछ नि!
राजा: थाहा छ। तंलाई नि मैले बेला मौकामा धेरै सहयोग गरेकै छु। हिसाब किताब बरोबर। अब म राजा भा बेलामा राम्रो काम गरेन भने तंहरुले नै गालि गर्लास। त्यसैले तेरो मान्छे होइन मेरो मान्छेले मन्त्री पड्काउछ बुझिस! अब आफ्नो बाटो लाग।
नेप्टे र चेप्टेले टाउको समातेर मुखामुख गरेछन । थुक्क यो यस्तोलाई पो राजा बनाएछम, हेर त अहिले हाम्रो बिजोग।
#दन्त्यकथा