Grab the widget  Get Widgets

Thursday 20 June 2024

कस्तो मान्छे?

पसलमा, ए साहु! अलिकति थपि देउन। ए पासा! तिम्लाई अलि राम्रो पर्‍यो जस्तो छ। त्यो तिम्रो चैं मलाई देउ न! 

पैसा फिर्ता लिंदा, अलि राम्रो नोट देउन साउ, कस्तो धमिलो पैसा दे को!

बस्ने ठाउँमा, ओ दाईचा! तिमी अलि पर जाउ न मलाई अलि नराम्रो ठाम पर्‍यो। यां त कस्तो झिंगा आउने रेछ, त्यां अलि कम आउँछ जस्तो छ।

च्या खाने ठाममा, ए साउ, अलि राम्रो च्या बनाउ त अस्ति खाको अलि मिठो भएन। गिलास अलि भएन आर्को देउ त साउ!
ए साउ अलि राम्रो ठालमा खानेकुरा देउन, यो अलि भएन, क्या! 

स्याउ खाने बेलामा, तपाईंलाई गुलियो पर्‍यो जस्तो छ, मलाई त अलि अमिलो पर्‍यो।

बसमा, तपाईं अलि यता आउनुस त, मलाई त झ्याल चाहिन्छ।

बाटोमा लाइनमा हिंड्दा, खै, म पैला हिंड्छु। तपाईं त वास्या वास्या हिड्नु हुन्छ रैछ।

ओहो! तपाईंको श्रीमती त कस्तो राम्रो! मेरो स्वास्नी त भ्याट्ट परेको छ। अनि मोबाइल पनि कति सफ्फा, मेरो त झुर छ भने!

तपाईंको गारी पनि कस्तो राम्रो! सफ्फा छ। मेरो त हिलो न हिलो हुन्छ भने!

तपाईंको लुगा कति सफ्फा छ, मेरो त जैले नि कच्याक कुचुक भैरा हुन्छ भने!

यस्तो मान्छेलाई के भन्नु हुन्छ? मैले भेटेको मान्छे।