एक दिन चितवनको जङ्गलका राजा सिंहलाई सबै जनावर सङ्ग अन्तरबार्ता लिनु पर्यो, के प्रश्न राख्ने होला भनेर मनमनै गुनेछ । केही बेर पछि एउटा प्रश्न फुरेछ । यो जङ्गलको राजा को हो ? मलाई चिन्छौ कि चिन्दैनौ ? त्यसपछि, त्यो सिंह जङ्गलमा आउने सबै जनावरलाई सोध्न हिडेछ ।
सबैभन्दा पहिला खरायो बुद्रुक बुद्रुक उफ्रदै आएको रहेछ ।
सिंह : ए खरायो ! यो जङ्गलको राजा को हो भन त ।
खरायो : (दुबै हात जोडेर लग लग काप्दै, मन मनै ल खत्तम आज यो सिंहले मलाई खाने भो भन्ने लागेछ ) र बिनम्रताका साथ जवाफ फर्काएछ । सरकार ! यो जङ्गलको राजा हजूर त हो नि ।
सिंह : (दङ्ग पर्दै) ल ठिक छ, जा ।
खरायो दङ पर्दै, बचियो भनेर ताप थोकेछ ।
त्यस पछि स्याल आएछ ।
सिंह : ए स्याल ! (भनेर पुर्ब प्रश्न सोधेछ)
स्याल : सास्टाङ दण्डवत गर्दै, सरकार ! यो जङ्गलमा अरु को हुन सक्छ र सरकार बाहेक ! हजुर नै त हो नि। अरु कस्को हिम्मत । हजुर जस्तो राजा बाहेक अरु हुने चान्स नै छैन ।
सिंह : तैंले झुठो बोलेको त होइन ?
स्याल : धरोधर्म हजुरको मासु खाने मैले झुठो बोलेको छैन ।
सिंह : ल ल ठिक छ । मोरो मेरो कसम खान्छ । जा ।
स्याल कुलेलम थोकेछ ।
घुम्दा घुम्दै सौराहा तिर पुगे पछि हात्ती देखेछ ।
सिंह : ए हात्ती ! यो चितवनको जङ्गलको राजा को हो भन् त ।
हात्तीले जवाफ फर्काएन । थुस्स परेर बसेछ ।
सिंह : (फेरि प्रश्न दोहर्याएछ ) ए हात्ती सुनेन ? यो जङ्गल को राजा को हो ?
फेरि पनि हात्तीले जवाफ फर्काएनछ । तेस्रो पटक सिंह कड्केर बोलेछ । ए हात्ती ! नसुने झैं गर्छस ? यो जङ्गल को राजा को हो ? मलाई चिनेनस ?
हात्ती स्वास्नी सङ्ग झगडा भएर मुड अफ भएर बसेको रहेछ । आफ्नो सुड्ले सिंहलाई च्याप्प समातेर फु......त्त फालिदिएछ । सिंह रुखमा ठोक्किएछ । टाउको फुटेर रगताम्य भएछ ।
सिंह : थाहा छैन भने पुगि हाल्थ्यो नि ! यस्तरी फाल्नु पर्छ । डाका, टाउको साउको नै फुटाइ दियो, भनेर आफ्नो बाँस स्थान फर्केछ ।अस्तु ।