Grab the widget  Get Widgets

Thursday 14 November 2013

तनाव (Tension)

"क्या टेन्सन भो यार । यो काम भोलि सम्म त जसरी भए पनि सिध्याउनै पर्ने भयो यार ।" भनेर कसैले भन्छ भने दुइटा कुरा हुन सक्छ । एक हिसाबले कसैको दिमागले काम गर्न छाड्छ भने अर्को हिसाबले कसैको मगज खुब चल्छ र त्यो कामलाई कसरी सिध्याउने भनी अनेक उपायको खोजी गरेर एउटा नया उपाय निकाल्छ र समस्या समाधान गर्छ । 

हरेक कुराको सकारात्मक र नकारात्मक हिसाबले सोचिने गरिन्छ । यो व्यक्ति व्यक्ति मा फरक पर्छ, हेराईमा पनि फरक पर्छ । कुनै गिलासमा आधा पनि भरेर दुई जनालाई देखायो भने एकले आधा भरेको छ भन्छ भने आर्कोले आधा खाली छ भन्यो भने को ठिक को बेठिक भन्ने ? बास्तवमा दुवै नै ठिक हुन्छ होइन र ? सोचाई, हेराई र काम गर्ने तरिका पनि फरक फरक हुन्छ । अन्तमा रिजल्ट एकै किसिमको पनि आउन सक्छ । कसैले एकै किसिमको काम छिट्टो सकाउन सक्छ भने कसैले समय लगाएर एकदम राम्रो पनि बनाउन सक्छ ।

सकारात्मक टेन्सनले समस्या समाधान तर्फ लैजान्छ भने नकारात्मक टेन्सनले समस्या माथि समस्या थपेर कामको स्वरुप नै बिगार्न सक्छ ।

धेरैनै नकारात्मक कुराहरुले तनावग्रस्त भयो भने के गर्ने त ? तनावबाट उम्कन के गर्ने ? यदि तपाईलाई यस्तो भयो भने के गर्नु हुन्छ ? 

खास गरी यस्तै गर्ने भन्ने त हुँदैन, तर तनाव घटाउन तपाईको समस्या तपाई संगै राख्नु भयो भने भयानक समस्या बढ्दै जान सक्छ र डिप्रेसन को सिकार हुन सक्छ । त्यस्को सत्ता आफुलाई परेको समस्याहरुलाई आफ्नो कुरा मिल्ने साथीहरुसंग सेयर गर्नु भयो भने मन हल्का हुन्छ । त्यस्तो गर्ने हिम्मत भएन भने आफुलाई लागेको नकरात्मक कुराहरु सबै एउटा पानामा लेखेर च्यातचुट पारेर पनि मन हल्का पार्न सकिन्छ, अथवा त्यो पानालाई आगोमा पोलेर पनि मन हल्का पार्न सकिन्छ । तर मध्यपान, धुम्रपान गर्न थाल्नु भयो भने तपाईलाई कुलतले तान्न सक्छ । 

त्यसैले समयमै थाहा पाउनु होस् कतै तपाई पनि तनावमा त हुनु हुन्न ?

अरु पनि उपाय हरु छन् । कडा ब्यायाम गर्न सक्नु हुन्न भने घरको सरसफाई गर्नुस । गमलाको घास उखेल्नुस । किचन गार्डेन छ भने सबै रिस पोख्न झ्याम झ्याम बारी खन्नुस । झ्याल ढोका पुछ्नुस । यस्तो कुराले पनि कसरी तनाव कम हुन्छ भन्नु होला। तर यस्तो काम गर्ने बानि भए पछी एक्लै बसे पनि तपाईको मनमा कुरा खेल्न पाउदैन । शारीरिकरुपमा स्वस्थ हुनु भयो भने मानसिक रुपमा पनि स्वस्थ हुन मद्दत पुग्छ ।

यसरी पनि तपाई तनावबाट मुक्ति पाउन सक्नु भएन भने एक पटक काउन्सेलिंग गर्नुस। अस्तु। 

No comments:

Post a Comment