Grab the widget  Get Widgets

Saturday 2 September 2017

गोलभेडा

कुरो ३५ साल तिरको हो | १२ वर्षको उमेरमा मलाई मेरो बाजेले गोलभेडा खोज्न पठाउनु भयो | त्यो बेला तानसेनको टुडिखेलमा तानसेनको बर्तुंग, मदनपोखरा आदि ठाउँबाट तरकारी ल्याउने गरिन्थ्यो | तानसेन बजारसम्म ल्याई पु-र्याउदा बचे खुचेको मात्रै आइ पुग्ने हुँदा तानसेनको मुखैमा रहेको बस स्टेसन संगैको छोटो बाटो शैनिक ब्यारेक संगैको पीचबाटोको छेवैमा ढुंगे बारमा तानसेनबासीहरु तरकारी कुर्ने गर्नु हुन्थ्यो |

म त्यो बेला दशैँको बिदामा काठमाडौंबाट घर गएको थिएँ | तानसेनको स्कूलमा भन्दा अलि अघि नै काठमाडौँमा बिदा हुने भएकोले मेरा मित्रहरु स्कूलमै रहेकोले मेरो फ्री समयको सदुपयोग पनि हुने भएकोले मेरो बाजेले मलाई काम अह्राउनु भएको थियो |

तरकारी कुर्ने ग्राहकहरु सबैले तरकारीवालालाई आफु संगै लैजाने गर्थे | म चाही ट्वाल्ल परेर हेर्थे | किन संगै लगेको भनेर मलाई मतलब पनि हुदैनथ्यो | एक पछी आर्को तरकारीवालाहरुलाई ग्राहकहरुले लगे, कतिले त्यहीं किने | मैले भने हेरेको हेरै गरें | संगैको किराना पसले साहुजीलाई म त्यहाँ बसेको देखेर खुल्दुली लागेछ |

साहुजी : अनि "बाबु तिमि कैले आएको ?"
मैले जवाफ दिएँ "अस्ति"
उहाले फेरी सोध्नु भयो "अनि तिम्रो काठमाडौँ  कस्तो छ?"
(यो बुढोले मेरो दिमाग चाट्न लागेजस्तो अनुभूति भएकोले) मलाई मन नपरे पनि जवाफ दिएँ " ठिकै छ|"
साहुजी अलि रसिक हुदै भन्नु भयो " हैन रातो, नीलो, पहेलो कस्तो छ ? भनेको नि, म त धेरै भो नेपाल नगएको, तिमि त भर्खर आएको केहि फरक भाछ कि भनेर नि !"
त्यो साहुजी मेरो बाजेको साथी भएकोले झट्टै जवाफ फर्काउन मिलेन, मैले पनि बाल सुलभ भाखा मै भने, "बिहान नीलो, बेलुका पहेलो हुन्छ काठमाडौँ त |
फेरी साहुजी ले भन्यो " धत् लाटा, नीलो, पहेलो पनि हुन्छ ?"
अनि मैले पनि भने " तपाइले किन सोध्नु भाको त ?"
साहुजीले भन्नु भयो "तिमि काठमाडौँमा बसेर बाठा भयो कि भएन भनेर जाचेको नि"
मैले भने "अनि म पास भएकी भएन त ? जांचमा "
साहुजी " भयो भयो | अनि तिमि अघि देखि के हेरी राको नि ?"
मैले भने " गोलभेडा "
साहुजी : हेर्यो
म: हेरें
साहुजी : देखेनौ ?
म: देखेँ
साहुजी : किन्यो?
म: किनेन
साहुजी : किन नकिनेको त ?
म: किन किन्ने त ?
साहुजी : तिमि किन आएको त ?
म: गोलभेडा हेर्न
साहुजी : अनि गोलभेडा नकिनेर के हेरिराको त ?
म: " गोलभेडा" मेरो बाजेले गोलभेडा हेर भन्नु भा को छ, किन्ने भन्नु नै भाको छैन त !

बास्तवमा मलाई मेरो बाजेले गोलभेडा बेच्नेलाई घरमा ल्याउला अनि किनौला भन्ने मनसायले पठाउनु भाको रहेछ|


No comments:

Post a Comment