Grab the widget  Get Widgets

Saturday 12 October 2013

मधुमास टुर (Honeymoon Tour)

एक जना महिला आफ्नै श्रीमान् संग मधुमास (हनिमुन) को लागि विदेश जान लागेकि  रहिछे | काठमाडौँ बाहिर जागिरे श्रीमान संग बल्ल बल्ल छुट्टी मिलाएर मधुमासको लागि समय निकाले पनि विदेश जाने कामको अग्रिम ब्यबस्था गर्न आफ्नी अफिसबाट छुट्टी लिनु पर्छ भन्ने अनुमान समेत नगरेकि उनीलाई ट्राभल टिकट लगायत टुरको व्यवस्था समेत गर्न नै श्रीमानले जिम्मा दिएको रहेछ | विदेशको घुम्न जाने धूनमा अफिसमा पनि ठिक समयमा काम नसक्ने, टुरको काम पनि राम्ररी नबुझ्ने | संधै दिमाग खराब |

श्रीमतीको कस्तो अफिस परेछ कुन्नि बिचरा यो सबै ब्यबस्था गर्न एकछिन पनि फुर्सद नदिने | बल्ल बल्ल एउटा ट्राभल एजेन्सी भेट्टाएछ | धन्न आजकालको टुर अपरेटरहरुले सबै काम एकै ठाउँबाट सजिलै गर्दो रहेछ | सायद वन विन्डो पलिसी भनेको यस्तै होला |

बिबाह बन्धनमा बाँधी सकेका जोडी एकान्तमा बसेर मधुमास समेत मनाउन नपाए पछी त डिप्रेसनमा जाने नै भयो नि | एक त श्रीमान् संग छुट्टिएर बस्नु पर्ने अर्को अफिसबाट फुर्सद नै नदिने भएकोले सायद डिप्रेसनमा परेकी उनीलाई के गर्ने कसो गर्ने भन्ने चिन्ताले सताएछ |

बिचरा अति नै किच किच गर्दी रहिछे | कुरा राम्ररी नसुन्ने र नबुझिकन अधकल्चो काम गरेर जाने | अनि आफ्नै अफिस मै पनि काम ध्यानले गर्न नसक्ने | विदेश जाने धून, टुर व्यस्थापनको टेन्सन | कहिले डलर साट्नै बिर्सने | कहिले टिकट नै लान बिर्सने | कहिले पासपोर्ट नै छुटाउने | कहिले भिसा लिन चाहिने फोटो ल्याउन नै बिर्सने | अचम्मको पोको नै रहिछे |

हुँदा हुँदा आफैले साट्नु पर्ने डलर पनि आफ्नै अफिसबाट छुट्टी मिलेन भनेर टुर अपरेटरलाई बेस्सरी गाली गरेर टुर नै क्यान्सेल गर्छु भनेर धम्कि दिएछ | टुर अपरेटर पनि के कम, बुझाइसकेको अग्रिम भुक्तानी एक पैसा पनि फिर्ता हुन्न भने पछी बल्ल लाइनमा आएछ |

अन्तमा आफ्नो रिस बेकारको रहेछ भनेर आफै महसुस गरिछे | आफ्नो रिस मरिसके पछी "मेरो रिस छोटो समयको लागि मात्रै हो| त्यसो भएकोले टुरको तालिका अनुसार नै जान्छु" भनेर टुर अपरेटरलाई खबर गरेछ |

उनिहरुको मधुमास रामरी बितोस् | अस्तु |


No comments:

Post a Comment