Grab the widget  Get Widgets

Tuesday 8 October 2013

बिज्ञापन (Advertisement)

हिन्दुहरुको महान चाड दशैँको अवसरमा नेपालको पत्र पत्रिकामा यति धेरै बिज्ञापन आउछ कि कतिपय पत्रिकामा समाचार ले ठाउँ समेत पाउदैन | कतिले जबर्जस्ती बिज्ञापन राखेर दशैँ असुल गर्न नि पछी पर्दैनन्| यसै अवसरमा एउटा अफर एअर एशियाले पनि दिएको थियो | झन्डै धनगडीको हवाई भाडाको बराबर भाडामा क्वालालम्पुरको उडान| यति धेरै फोनको घन्टी बजे पनि एउटा यस्तो फोन भने अझै कानमा गुन्जी रहेकोले पाठकहरु संग पनि शेयर गर्न मन लाग्यो|

तिरिर तिरिर फोनको घन्टी बज्यो |

बुढी आमै : (बिस्तारै) हे....लो...! यो विदेश घुमाउने अफिस हो? अ......ट्रावल एजेन्सी हो?

कर्मचारी: हो  हजूर ! के सेवा गरौँ हजूर !

बुढी आमै : अ ...मेरो नातीहरुलाईनि विदेश जानु पर्यो रे | आजको पत्रिकामा १२ हजार पान सयमा मलेसिया घुम्न जानुस भनेको छ नि | त्यो बारे बुज्न पर्यो | टेटीचा पैसा मा साँच्चै घुम्न पाउछ?

कर्मचारी : हजूरले हेर्नु भएको बिज्ञापन भनेको टिकट को मात्रै हो | त्यो पनि काठमाण्डौबाट मलेसिया सम्म एक तर्फी मात्रै हो |

बुढी आमै : छु धाउ , छु धाउ, एकछिन ठ न छक स्व ए ! बाबु, फोने छक्व न्य सा | 
(नेपथ्यमा ) म्हा, म्हा बजे छं हे खं ल्हा |

कर्मचारी : हजूर के भयो ?

बुढी आमै : होइन मैले परेको पटरिकामा त १२-२१ तारिक सम्म घुम्न पनि भनेको छ नि | Holiday Sales भनेर Travel Period पनि भनेको छ त | 

कर्मचारी : त्यो त ठिक हो हजूर | तर त्यो समय भित्रै काठमाडौँबाट क्वालालम्पुर उड्नु पर्छ भनेको हो | 
बुढी आमै : का,,,,, ! तेस्टो पो रेछ | म त यस्टो सिन्की जस्टो सस्तोमा मलेसिया घुम्न जान पाउने भन्ठानेर नाती हरुलाई पनि घुम्न पठाउने हो कि भनेको नि | 

बुढी आमैले फोन ढ्या...क्कै राखी दिनु भयो | 

कर्मचारी अक्क न बक्क भयो | अस्तु |

No comments:

Post a Comment