Grab the widget  Get Widgets

Friday 13 September 2013

हिम चितुवा (Snow Leopard)

पृष्ठभूमिमा सगरमाथा दिवस मनाउने क्रममा सगरमाथा आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रमको ठुलो ब्यानर, काठमाडौँको पांच तारे होटलको सभा हल, हलमा प्रतिष्ठित महानुभावहरु, स्वदेश तथा विदेशबाट नेपाल पाल्नु भएका सगरमाथा आरोहीहरु।

कार्यक्रम प्रस्तोताले समारोहका प्रमुख अतिथि लगाएत विशिष्ट पाहुनाहरु पनि अगाडीको मन्चमा विराजमान हुन अनुरोध गरे पश्चात कार्यक्रम अगाडी बढ्यो । आरोहीहरुलाई खादा र प्रशंशा पत्रले सम्मान गरियो । सगरमाथाको गुणगानमा उपस्थित वक्ताहरुले बयान बाजी गरे । शाहसका गाथा गाइए ।

प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला हुनुहुन्थ्यो । हिम चितुवा तर्फ अगाडी बढेर " तपाई लाई धेरै धेरै बधाई छ । दस दस पटक विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई संसारमा चिनाउनु भयो । अब आराम गर्नुस ।" भन्दै हात मिलाउनु भयो ।

आङ रिता शेर्पाले सरल भाषा जवाफ फर्काउनु भयो । "मैले आराम गरें भने मेरो परिवारलाई तिमीले पाल्छ?"

सबै जना अक्क न बक्क भए ।

प्रधानमंत्रीज्यूको मुख हेर्न लायक थियो। अस्तु ।

(मेरो स्मरण बाट)

No comments:

Post a Comment