Grab the widget  Get Widgets

Saturday 18 October 2014

ठमेलको कथा: "तितो सत्य" (Story of Thamel)

यो पनि ठमेल कै घटना हो | मलाई किन हो कुन्नि ठमेल घुम्न सारै नै मज्जा लाग्छ | रिक्शा, ट्याक्सी, हाएस, कार, मोटरसाइकल, साइकल, भएभरको सवारी साधनबाट निस्कने मिश्रित ध्वनिले कुन साधन कताबाट आएको हो पत्तो पाउनै गाह्रो हुन्छ | पसललै पिच्छे बज्ने फरक फरक ध्वनिहरु कतिपय कर्ण प्रिय हुन्छन् भने कतिपय कर्ण कटु हुन्छन् | तर तपाईले चाहे पनि नचाहेपनि सुन्नै पर्छ | यो त बाध्यता नै हो | फेरी आर्को मन भन्छ यत्ति पनि हो हल्ला भएन भने जंगल पसे भै हाल्छ नि किन ठमेल जाने त ? होइन र ?

यहाँ अनेक थरिको कारोबार हुन्छ | सरकारी निकाय पनि कहिले काहीं सल्बलाउने गर्छ | होटल, रेस्टुरेन्ट, मसाज केन्द्रमा रेड पर्ने कुराहरु पनि सुन्नमा आउँछ | कतिपय बेला रेड्पर्नु अगाडी नै रेड पर्दै छ है भन्ने सुचना पनि सुन्न पाइन्छ | अनेक थरिको लाइभ घटनाहरु देख्न सुन्न पाइन्छ | त्यसैले ठमेल संधै चलायमान र जागरुक देखिन्छ | राति अबेर सम्म नसुत्ने नेपालको एक मात्रै ठाउँ ठमेल नै हो | 

तर हिजो मात्रै घटेको एउटा अचम्मको घटना मेरो मानस पटलमा रात भर नै सल्बलायो | एक जना साथीको ट्रावल एजेन्सी खोज्दै एक जना पर्यटक ठमेलको चोक मै ओर्लेछ | त्यो एजेन्सीको साथीलाई त्यो पर्यटक संग देख भेट भएको थिएन रहेछ | तै पनि फोन गर्दै आएछ | अन्तमा ठमेलसम्म पुग्दा पुग्दै एजेन्सी साथिको मोबाइलमा सायद के गढ़बद भयो सम्पर्क हुन सकेन | ठमेल पुग्नु अगाडी सम्मको बार्तालाप अनुसार नै एजेन्सीको साथि त्यो पर्यटक खोज्न निस्केछ | तर अलि ढीला भएछ | 

बिचैमा बिचौलियाहरुले त्यो पर्यटक संग बार्तालाप गरेर एजेन्सीको साथि भेटाउन लाने बाचा गरेर आर्को एजेन्सीमा लगी दिएछ | बिचरा पर्यटकलाई के थाहा त्यो मान्छे नक्कली हो कि सक्कली हो भनेर | तै पनि उसले सुनेको अनुसारको मान्छेको रुप रंग, कपाल र कम्पनिको  नाम नदेखे पछि पर्यटकले नाम नै किटेर मेरो साथिको नाम फलानो हो त्यो साथिको कम्पनिको नाम फलानो हो भनेछ | त्यो आर्को एजेन्सीको कर्मचारीले त्यो कम्पनि पुरानो हो, अहिले नाम फेरेर यो कम्पनि भएको हो सबै काम अहिले हामीले नै गर्दैछौं भनेछ | त्यसो भए फलानो साथि चै को हो नि ? भनेर पर्यटकले फेरी प्रश्न गर्दा त्यो मान्छे पनि मै हो भनेर बिचरा पर्यटकलाई झुक्क्याउनु झुक्क्यायो |

यस्तो तुच्छ ब्यबहार, ठमेलका कति साहुजीहरुले व्यहोर्दै होलान, कति ब्यबसायीहरुको ब्यबसाय नै चौपट भएका होलान्, त्यस तर्फ ठमेलमा कारोबार गरेर डेरा जमाएका साउजीहरुले अनुगमन गर्न पर्छ जस्तो मलाई लागेको छ | अन्यथा बास्तबिकता थाहा पाए पछी बिचरा त्यो पर्यटकको मन कति दुख्ने होला? कहीं कतै भाबितब्य परेमा खास एजेन्सीको साख त खत्तम हुने नै भयो, त्यो सक्कली नामको साहुजीको इज्जतमा धब्बा लाग्ने मात्रै नभई ठमेलको साख नै खतरामा पर्ने कुरामा दुई मत नहोला |

अत: यस्ता क्रियाकलापमा जानी नजानी सहभागी भै क्षणिक लाभ लिने कर्मचारीहरुबाट साबधान हुनुका साथै समय मै सचेत हुन सम्पूर्ण ब्यबसायीहरुलाई अनुरोध पनि छ, यो कथा "तितो सत्य" हो | अस्तु |


No comments:

Post a Comment