Grab the widget  Get Widgets

Monday 26 May 2014

पर्यटन आन्दोलन

नेपालको पर्यटनको ठेक्का लिएको प्रमुख ठेकेदार भ्रष्ट भएको भनेर नेपाल पर्यटन बोर्डमा झण्डै एक महिना सम्म अनेक सभ्य तरिकाबाट बिरोधको कार्यक्रम गरे पनि सरकारको उदासीनतालाई अख्तियार भन्ने संस्थाले पनि आदेश पर्खेर बसे जस्तो लाग्यो । मागेर संस्था चलाएर बसेको आमा घरमा कार्बाही गर्ने अख्तियार किन चुपचाप बसेको हो भन्ने पर्यटन ब्यबसायीहरुले बुझ्न नसकेर घाममा पसिना सुकाउदै अनशन बसेका छ्न । यस्तो हुँदा पनि अख्तियारलाई के चाहिएको हो बुझ्न गाह्रो भएको आन्दोलनमा सहभागी ब्यबसायीहरुले बताएका छन्।

यो आन्दोलनमा अनेक कुरा सुनियो । घोडा भनेर चढेको बाघ पो परेछ । त्यो पनि उराठ लाग्दो जङ्गलमा । ओर्लियो भने खाइ हाल्छ नओर्लिने हो भने कता सम्म पुर्याउने हो ठेगान नै भएन । केहि न केहि कुचु कुचु खानु पर्ने मान्छेलाई अनशनमा दिनभर पानीको भरमा भोकै बस्नु पर्दा बल्ल बुझे व्रत को महत्त्व । एक दिन अनशन बसे पछि जिउनै हलुँगो भयो ।

यो सुबाशे को देन हो । कमसेकम हामी पर्यटन ब्यबसायीहरुलाई दिनमा एक पटक भए पनि भेटाउन बाध्य बनाएको छ । कहिले नभेटेका साथीहरू भेटियो। भेटिने क्रम जारी नै छ । यहि ब्यबसायमा सम्लग्न भएर पनि म ठुलो तिमी सानो ब्यापारी भन्नेहरु सबैजना एकै ठाँउमा भेला हुने अबसर प्राप्त भएको छ । जति सुकै ज्याद्रो भए पनि सुबाशेलाई कहिले काहीं धन्यवाद दिनु पर्छ यार। नतिजा के हुने हो थाहा छैन । दुबै पार्टी टसमस छैनन् ।

बार्गेनिङमा दुबै पार्टीले सहमति गर्नु नै पर्छ भने किन ढीलो गर्ने । चाढै बार्ता गरी समस्या समाधान होस् भन्ने ब्यबसायीहरुको भनाई छ ।

बुझ्नेलाई यो कुरा गहिरो छ नबुझ्नेलाई घर छेउमै पहिरो छ । अस्तु ।

No comments:

Post a Comment