Grab the widget  Get Widgets

Wednesday 14 May 2014

नेपाल पर्यटन बोर्ड के भाको?

सन् १९९८ मा नेपालको पर्यटनक्षेत्रमा "नेपाल भ्रमण" कार्यक्रममा निजी क्षेत्रको सफल सहभागितामा कार्यक्रम निक्कै सहज हुने रहेछ भन्ने हेक्का राखेर नेपाल पर्यटन बोर्डको स्थापना गरे जस्तो लाग्छ | निजी क्षेत्रको पहुच सरकारी क्षेत्रमा प्रहरी र चोरको जस्तो भूमिकाबाट हटाउन पर्यटनमा नौलो आयामको रुपमा निक्कै हौसलाका साथ स्थापना भएको संस्था १२ बर्ष को दौरानमा एकदम तानाशाही प्रवृतिको व्यहोरा प्रस्तुत भै एक जना व्यक्तिको गोजीको संस्था जस्तो भएको छ , ब्यबसायीहरुको आरोप छ ।

अहिलेको पर्यटन क्षेत्रमा भएको लडाई पनि एक व्यक्ति को निक्रिस्ट स्वार्थले समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर हुने गरि भएको छ भनिन्छ ।

पर्यटन बोर्डको आयको सदुपयोग गरि पर्यटन तालिम, वृत्तिविकास, पर्यटकीय क्षेत्रको बिकास, अध्ययन, अनुसन्धान तिर लगानी गर्ने भन्दा को कसलाई चन्दा दिंदा आफ्नो जागिर लम्बिन्छ, आफु संधै कायम मुकायम भएर बस्न सकिन्छ भन्ने तर्फ बढी लागेको देखिन्छ भन्छन् ।

संसार भर विकेन्द्रिकरणको सिद्धानमा, TEAM (Together Everyone Achieve More) भन्ने सिद्धान्तले काम गरेको छ | तर नेपालको पर्यटन को ठेक्का लिएको संस्थामा हरेक कुराको निर्णय गर्न कायम मुकायम मुकरर गरेको भनिएका हाकिम साबले मात्रै गर्नु पर्दो रहेछ |बिचरा, उ सरहका एकै समयमा जागीर खाएका साथीहरु समेतलाई पाखा लगाएर, एकलौटी ढंगले केहि आसेपासेको हुल जम्मा गरेर तानाशाही पारा निकाले पछी, समस्या त बढ्ने नै भयो नि |

दिन रात एक गरि पसिना चुहाएर पर्यटक नेपाल भित्र्याउने पर्यटन ब्यबसायीहरुको पसिनाले जम्मा गरेको पर्यटक शुल्क एकजना "निजि क्षेत्र को हो" भन्ने नै नचिनेका कर्मचारीले आफु खुशी खर्च गरे पछी ब्यबसायीहरुको मुटु छिया छिया हुन्न र ? निजि क्षेत्र को परिभाषा नै नजानेका मान्छेलाई Private, Public Participation को साँचो दिए पछी के होला ? 

मैले पनि बुझ्न सकिन उ भन्दा अरु कोहि सक्षम नै छैन कि के हो त्यो संस्थामा | त्यस्तो हो भने मेरो भन्नु केहि छैन | अरु साथिहरु पनि के भाका ? एउटा व्यक्तिले ठिक बेठिक के गरि राखेको छ भन्ने कुरा पनि टुलु टुलु हेरेर बसे जस्तो लाग्छ |

त्यो एकल  व्यक्ति निकै पावरफुल रहेछ | जसलाई पनि हल्लाई दिन्छ | कसैले, तेस्ले गरेर कामै गर्न दिएन भन्छ, कसैले, त्यो हुन्जेल केहि हुँदैन भन्छ,  तर तेसैले जे पनि गरेको हुन्छ |मनपरी गरेको हुन्छ | खै त के भयो र ?

मैले त केहि बुझिन नेपाल पर्यटन बोर्ड के भाको?

No comments:

Post a Comment